Madhes Khabar
अन्तर्राष्ट्रिय

गुजरातकाे फन पार्कमा भीषण आगलागी हुदाँ २४ जनाकाे मृत्यु

काठमाडौं,१२जेष्ठ:भारतको पश्चिमी राज्य गुजरातकाे राजकाेटमा एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको आज तकले जनाएको छ ।मृत्युु हुनेमा ९ जना बालबालिकापनि रहेका छन्।

यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको बताइएको छ ।

उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताए ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु

MadhesKhabar

भाजपा नेतृ इस्मृति इरानी राहुल गान्धीका पिए केएल शर्मासंग पराजित

MadhesKhabar

Leave a Comment