Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा बलात्कारका आरोपितहरुलाइ जिउदै जलाइयो

मधेसखबर

वीरगन्ज,२६जेठ : भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो।

Related posts

वीरगन्जका डाक्टर माधव यादव अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

MadhesKhabar

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

MadhesKhabar

कोलकत्ताको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment