Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा बलात्कारका आरोपितहरुलाइ जिउदै जलाइयो

मधेसखबर

वीरगन्ज,२६जेठ : भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो।

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

भारतीय वायुसेनाले भन्यो : ‘अपरेशन सिन्दूर’ अझै जारी छ

MadhesKhabar

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए ?

MadhesKhabar

Leave a Comment