Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतले चामल निर्यातमा राेक लगायाे

 

काठमाडौं ,४साउन: भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ ।

 

उक्त सूचना जारी हुनुअघि नै निर्यातका लागि गाडीमा लोड भइसकेको चामलकाे हकमा भने सूचनाले बाधा नपुर्‍याउने उल्लेख गरिएको छ ।

भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै भारत सरकारले चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत चामलकाे मूल्य बढ्ने अनुमान गरिएको छ । भारतको धान निर्यातकर्ता संघ (आरईए)का अध्यक्ष बीभी कृष्ण रावले सरकारले धानको खरिद मूल्य बढाउने कदम चालेकाले मूल्य बढेको बताए । ‘सरकारले कल्याणकारी योजनाहरुको लागि आवश्यकभन्दा बढी मौज्दात राखेको छ, त्यसकारण निर्यातमा प्रतिबन्ध लगाउन जरुरत छैन’ उनले रोयटर्ससँग भनेका छन् ।साभार:इकान्तिपुरबाट

Related posts

भारतमा फेरि फैलन थाल्यो कोरोनाको संक्रमण

MadhesKhabar

श्रीलङ्कामा संकटकाल घोषणा

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

MadhesKhabar

Leave a Comment