Madhes Khabar
अन्तर्राष्ट्रिय

इराकमा विवादित टिकटक स्टार सवादीको गोली हानी हत्या

काठमाडौं,१६बैशाख:इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित सवादीको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् ।

यो घटना बगदादको पूर्वमा पर्ने जायुना क्षेत्रमा भएको थियो र यसलाई सीसीटीभी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरिएको सीएनएनले जनाएको छ ।

भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सवादीको घटनास्थलमै हत्या गरेको देखिन्छ । बगदाद प्रहरी स्रोतले भिडियोको प्रामाणिकता पुष्टि गरेको छ ।

इराकका आन्तरिक मामिलामन्त्रीले ‘अज्ञात आक्रमणकारीले सामाजिक सञ्जालमा परिचित महिलाको हत्याको अवस्था पत्ता लगाउन विशेष कार्य टोली गठन गरिरहेको’ घोषणा गरेका छन् ।

सवादी टिकटकमा निकै लोकप्रिय थिइन् । उनले फिटिङ पहिरन लगाएर पप संगीतमा नाचेको भिडियो सेयर गर्थिन् । विगतमा यी भिडियोलाई इराकको न्यायपालिकाले अनुचित मानेको थियो ।

अश्लील र अभद्र भाषाको प्रयोग गरेको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लंघन गर्ने धेरै फिल्म र भिडियो निर्माण गरेको भन्दै सवादीमाथि ६ महिनाको जेल सजाय सुनाइएको थियो ।साभार:अनलाइनखबरबाट

Related posts

रामगढवामा भएकाे चिम्नी विस्फोटमा परि मृत्यु हुनेकाे संख्या ९ पुग्याे

MadhesKhabar

आयो अचम्मको खबर : उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

MadhesKhabar

भारु दुई हजारकाे नाेट साट्न ७ दिन समय थप

MadhesKhabar

Leave a Comment