Madhes Khabar
अन्तर्राष्ट्रिय

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन :अहमदाबाद प्रहरी

 (Photo by Sam PANTHAKY / AFP)

काठमाडौं,२९जेठः भारतको अहमदाबादमा बिहीबार दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित नरहेको प्रहरीले जनाएको छ । अहमदावादका प्रहरी आयुक्तलाई उद्धृत गर्दै समाचार संस्था एपीले दुर्घटनाग्रस्त विमानमा सवार सबै २ सय ४२ जनाको ज्यान गएको जनाएको छ ।

‘विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ ।’ प्रहरी आयुक्त जीएस मलिकले एपीलाई भनेका छन् । कार्यालयहरु समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।

दुर्घटनामा मारिएकाहरुको संख्या यकिन गर्ने प्रयास भइरहेको उनको भनाइ छ । बिहीबार दिउँसो लण्डनका लागि उडान भरेको एयर इण्डियाको विमान अहमदाबादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

टेक अफ गरेको केही मिनेटभित्रै बोइङ ७८७ ड्रिमलाइनर विमान नजिकै रहेको चिकित्सकहरुको आवास क्षेत्रमा बज्रिन पुगेको थियो ।साभारः खबरहब

Related posts

विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु

MadhesKhabar

बन्द रहेको विद्यालयमा महिलाले लगाउने १५० वटा ब्रा फेला परेपछि प्रहरी नै चकित

MadhesKhabar

भारतकाे एक औषधि कम्पनीमा विस्फोट हुँदा ५ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment