काठमाडौं,१७ असोजः भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा परेर भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन् ।
उत्तर सिक्किमको लोनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीबाट भारतीय सेनाका २३ बढी जवान बेपत्ता भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । यस्तै बाढीमा बगेर अन्य ७ जनापनि बेपत्ता भएका छन् ।बुधबार बिहान साढे १ बजेति।र अचानक आएको बाढीले सेनासँगै सेनाका शिविर र गाडी पनि बगाएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
बाढीपछि टिस्टाको पानीको बहाव एक्कासी बढ्दा बंगाल–सिक्किमको सीमावर्ती क्षेत्र मल्ली आसपासको राष्ट्रिय राजमार्ग एनएच १० पनि बगाएको छ ।
सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चुङ्थाङ क्षेत्रमा कम्तीमा ६ वटा पुल बाढीले बगाएको जनाइएको छ ।बेपत्ता भएकाहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

