Madhes Khabar
अन्तर्राष्ट्रिय

सिक्किमको टिस्टा नदीमा अचानक आएको बाढीमा परेर २३ जना सैनिक बेपत्ता

काठमाडौं,१७ असोजः भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा परेर भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन् ।

उत्तर सिक्किमको लोनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीबाट भारतीय सेनाका २३ बढी जवान बेपत्ता भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । यस्तै बाढीमा बगेर अन्य ७ जनापनि बेपत्ता भएका छन् ।बुधबार बिहान साढे १ बजेति।र अचानक आएको बाढीले सेनासँगै सेनाका शिविर र गाडी पनि बगाएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

बाढीपछि टिस्टाको पानीको बहाव एक्कासी बढ्दा बंगाल–सिक्किमको सीमावर्ती क्षेत्र मल्ली आसपासको राष्ट्रिय राजमार्ग एनएच १० पनि बगाएको छ ।

सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चुङ्थाङ क्षेत्रमा कम्तीमा ६ वटा पुल बाढीले बगाएको जनाइएको छ ।बेपत्ता भएकाहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

 

Related posts

बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु

MadhesKhabar

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा कांग्रेसलाई बहुमत

MadhesKhabar

वायु प्रदुषण बढ्दै गएपछि भारतकाे दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

MadhesKhabar

Leave a Comment