Madhes Khabar
अन्तर्राष्ट्रिय

बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु

काठमाडौं,१६चैत: दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु भएको छ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

बस पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा खसेको थियो। बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ।

घटनास्थलमा पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सरकारले दुर्घटनाको कारणको बारेमा पूर्ण अनुसन्धान गर्न मद्दत गर्ने बताइन्।

Related posts

बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

MadhesKhabar

विद्यालयको जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

MadhesKhabar

कर्नाटकमा कांग्रेसको सरकार : सिद्धारमैयाले लिए मुख्यमन्त्रीको शपथ

MadhesKhabar

Leave a Comment