Madhes Khabar
अन्तर्राष्ट्रिय

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

काठमाडौं,४कार्तिक: सिपिजे (पत्रकार सुरक्षा समिति) का अनुसार अक्टोबर ७ मा इजरायल-हमासको संघर्ष सुरु भएयतादेखि हालसम्म २२ जना पत्रकारको मृत्यु भइसकेको छ।

समितिले एक विज्ञप्तिमा यो युद्धमा हालसम्म १८ प्यालेस्टिनी पत्रकार, तीन इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ।

सीपीजे (पत्रकार सुरक्षा समिति) ले तीमध्ये १५ जनाको मृत्यु इजरायली हवाई आक्रमणमा भएको र दुई पत्रकार हमासको आक्रमणमा मारिएको बताएको छ । सीपीजेका अनुसार आठजना पत्रकार घाइते भएका छन् भने तीनजना बेपत्ता छन् ।

सीपीजेका प्रवक्ताले भने, ‘पत्रकारहरू पनि संकटको समयमा कठिन काम गर्ने नागरिक हुन् र युद्धका पक्षहरूले उनीहरूलाई लक्षित गर्नु हुँदैन।’

इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। हमासको स्वास्थ्य विभागका अनुसार बम विष्फोटमा हालसम्म चार हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा १४०० भन्दा बढीको मृत्यु भएको छ । बीबीसी

Related posts

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

MadhesKhabar

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

MadhesKhabar

भारतमा चर्किदै प्रधानमन्त्री मोदी विरुद्धको किसान आन्दोलन

MadhesKhabar

Leave a Comment