Madhes Khabar
अन्तर्राष्ट्रिय

वायु प्रदुषण बढ्दै गएपछि भारतकाे दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

काठमाडौं,२०कार्तिक:वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ ।

गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आज साेमबारदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएकाे दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेकाे प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा अत्यन्तै घातक मानिनेमा दिल्लीको वायुको एक्यूआई केही दिनदेखि लगातार चार सयभन्दा माथि रहेको छ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई धुवाँले ढाक्ने गर्छ । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ ।

Related posts

लाेकसभा चुनावअघि राम मन्दिर उद्घाटन गर्ने माेदी सरकारकाे तयारी

MadhesKhabar

जासुसी गरेकाे आराेपमा कतारमा आठ भारतीयलाई मृत्युुदण्डकाे सजाय, भारत स्तब्ध

MadhesKhabar

लागूऔषध मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’

MadhesKhabar

Leave a Comment