Madhes Khabar
अन्तर्राष्ट्रिय

महाकुम्भमा भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

काठमाडौं,१८चैत:भारतको महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई चलचित्रमा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनलाई बलात्कारको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

भारतीय प्रहरीका अनुसार सनोज मिश्रमाथि एक युवतीलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको छ ।ती युवती नायिका बन्ने सपना देखेर दिल्ली गएकी थिइन् ।

सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर बोलाएका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित युवतीले बयानमा बताएकी छन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको हो । उनको गिरफ्तारीले मोनालिसाको छविमाथि पनि प्रश्न उठन थालेको छ ।

 

दिल्ली उच्च अदालतले सनाेजको जमानत निवेदन खारेज गरेपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । सनोजले महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई पनि आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गरेका थिए ।

विशेषगरी आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएकी मोनालिसालाई सनोज आफैँ उनको घर गएर, उनलाई फिल्मको लागि साइन गराई उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर दोधारमा परेको छ ।

प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको तर यसपटक भने प्रमाणको आधारमा कारबाही गरेको बताएको छ ।नेपालप्रेस

Related posts

भारतको नैनीतालमा भएको गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु

MadhesKhabar

पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल

MadhesKhabar

पश्चिम बंगालमा भाजपा नेता झाको गोली हानी हत्या

MadhesKhabar

Leave a Comment