Madhes Khabar
अन्तर्राष्ट्रिय

बिहारमा मदिरा सेवनले ३९ जनाको मृत्यु

वीरगन्ज,२९ मंसिर : भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा ३९ जनाको मृत्यु भएको छ ।थुप्रै सिकिस्त बिरामी पनि परेका छन् ।भारतीय सन्चारमाध्यम आज तकका अनुसार ,छपराको सदर अस्पताल र पटना अस्पतालमा गरि हालसम्म ३९ जनाको मृत्यु भएको छ ।प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ ।

गत मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका थिए ।त्यसपछि उनीहरुलाई छपराको सदर अस्पतालमा भर्ना गरिएको थियो।सारणका एसपी सन्तोष कुमारले १६ जनाको पोस्टमार्टम भइसकेको र केही व्यक्ति बिरामी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताए।बिहारमा रक्सीको उत्पादन , बिक्रीवितरण , ओसारपसार र सेवनमा एक दशक देखि प्रतिबन्ध लगाइएको छ ।

Related posts

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

MadhesKhabar

भारतमा बढ्यो कोरोना संक्रमण , एकैदिन १२ जनाको मृत्यु

MadhesKhabar

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

MadhesKhabar

Leave a Comment