Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा बढ्यो कोरोना संक्रमण , एकैदिन १२ जनाको मृत्यु

 

काठमाडौं,२७ चैत : भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ। प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिपोट पोजिटिभ आएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

महाराष्ट्रमा ७८८,बिहारमा ४२,हिमाचलमा १३७ र राजस्थानमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियामा समाचार प्रकाशित छ।

भारतमा ३८ प्रतिशत केस नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिनको पाइएको छ।

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

MadhesKhabar

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घरमा प्रदर्शनकारीले आगो लगाइदिए

MadhesKhabar

Leave a Comment