Madhes Khabar
अन्तर्राष्ट्रिय

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

काठमाडौं,११बैशाखः भारतीय प्रहरीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर सार्वजनिक गर्दै उनीहरूको बारेमा सूचना दिनेलाई २० लाख भारतीय रुपैयाँ पुरस्कार दिने उल्लेख गरेको छ ।

प्रहरीले तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ ।प्रहरीले भनेको छ, ‘उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइनेछ ।’

यसअघि पहलगाममा भएको आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक गरिएको थियो । भारतीय सुरक्षा एजेन्सीहरूले मुसा, युनुस र आसिफ नामका आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेको थियो ।

उनीहरूले एक–४७ लगायतका अत्याधुनिक बन्दुकहरू लिएर पहलगाममा पर्यटकमाथि अन्धाधुन्ध फायर गरेका थिए। घटनामा २६ जनाको मृत्यु भएको छ। जसमा एक नेपाली पनि रहेका छन्। बुटवल निवासी सुदीप न्यौपानेको घटनामा मृत्यु भएको थियो। साभारः अन्नपूर्णपोष्ट

Related posts

तलाउमा नुहाउन पसेका ६८ वटा भैंसीहरुको करेन्ट लागेर मृत्यु

MadhesKhabar

सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन तालिबान सरकारद्वारा आदेश

MadhesKhabar

जी–२० सम्मेलन आजदेखि भारतमा : विश्वका शक्तिशाली राष्ट्रका नेताहरू दिल्लीमा

MadhesKhabar

Leave a Comment