Madhes Khabar
अन्तर्राष्ट्रिय

सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन तालिबान सरकारद्वारा आदेश

मधेशखबर

बैशाख २४, २०७९ ,वीरगंज
महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन अफगानिस्तानका तालिबान प्रमुखले आदेश दिएका छन् । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक स्थानमा देखा पर्न नसक्ने आदेश दिएको समाचार संस्था एएफपीले जनाएको छ । तालिबानले बुर्काको अनिवार्यतालाई सम्मानजनक परम्परा भएको जिकिर समेत गरेको छ । महिलाहरुले पुरुषको नजरबाट बच्न र पुरुषलाई उत्तेजित हुनबाट रोक्न पनि बुर्का लगाउनुपर्ने शरिया कानुनको निर्देशन दिईइएको तालिबानको आदेशमा उल्लेख छ । यस्तै कुनै महत्वपूर्ण काम नभएमा महिला घरभित्रै बस्दा राम्रो हुने तालिबानले सुझाव दिएको छ । यो आदेश गएको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयताकै सबैभन्दा कठोर नियन्त्रण भएको खबरमा उल्लेख छ ।

Related posts

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घरमा प्रदर्शनकारीले आगो लगाइदिए

MadhesKhabar

नरेन्द्र माेदी तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

रंगशाला भत्किदा चार जनाको मृत्यु , ३० जना घाइते

MadhesKhabar

Leave a Comment