Madhes Khabar
अन्तर्राष्ट्रिय

भारु २ हजारकाे नाेट नचलाउने भारत सरकारकाे निर्णय

काठमाडौं ,५जेष्ठ : भारतले भारु २ हजारका नोट नचलाउने निर्णय गरेको छ।

भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

तर ७ वर्षमै उक्त २ हजारकाे नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो।

भारतीय रिजर्भ बैंकले सर्वसाधारणसँग भएका भारु २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन पनि भनेको छ।

भारु २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म भारु २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।साभार:सेताेपाटी

Related posts

आयो अचम्मको खबर : उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

MadhesKhabar

बाराको सिमावर्ती घोडासहनमा प्रहरीसंगकाे भिडन्तमा दुई डाँकाको मृत्यु

MadhesKhabar

विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु

MadhesKhabar

Leave a Comment