Madhes Khabar
अन्तर्राष्ट्रिय

भारु २ हजारकाे नाेट नचलाउने भारत सरकारकाे निर्णय

काठमाडौं ,५जेष्ठ : भारतले भारु २ हजारका नोट नचलाउने निर्णय गरेको छ।

भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

तर ७ वर्षमै उक्त २ हजारकाे नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो।

भारतीय रिजर्भ बैंकले सर्वसाधारणसँग भएका भारु २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन पनि भनेको छ।

भारु २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म भारु २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।साभार:सेताेपाटी

Related posts

भारु दुई हजारकाे नाेट साट्न ७ दिन समय थप

MadhesKhabar

वीरगन्जका डाक्टर माधव यादव अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

MadhesKhabar

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

MadhesKhabar

Leave a Comment