Madhes Khabar
अन्तर्राष्ट्रिय

कांग्रेस (आइ ) को अध्यक्षका लागि ३ जनाको उम्मेदवारी : त्रिपाठी, थरूर र खडगे

मधेसखबर
वीरगन्ज,१४ असोज: भारतीय नेशनल कांग्रेस (आइ ) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।मनोनयन दर्ताको अन्तिम दिन शुक्रबार शशी थरूर, केएन त्रिपाठी र मल्लिकार्जुन खडगेले उम्मेदवारी दर्ता गराका हुन् ।

राजस्थानका मुख्यमन्त्री अशोल गहलोतले भने उम्मेदवारी दर्ता गराएनन् । सम्भावित उम्मेदवार रहेका दिग्विजय सिंहले पनि उम्मेदवारी दर्ता गराएनन् ।सिंहले खड्गेलाई समर्थन गर्ने जनाएका छन् । गहलोतले भने राजस्थान कांग्रेसमा देखिएको आन्तरिक विवादका कारण उम्मेदवारी दिन नसकेको बताएका छन् ।

भारतीय कांग्रेस (आइ) को अध्यक्ष पदका लागि आगामी १७ अक्टोबरमा निर्वाचन हुँदैछ । त्यसका लागि २४ सेप्टेम्बरदेखि सुरु मनोनयन दर्ताको प्रक्रिया शुक्रबार सकिएको छ । अब ८ अक्टोबरसम्म कसैले मनोनय फिर्ता लिने समय दिइएको छ भने त्यही दिन अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।साभार :अनलाइनखबर

 

 

Related posts

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा कांग्रेसलाई बहुमत

MadhesKhabar

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प : २५५ जनाको मृत्यु, ५०० बढी घाइते

MadhesKhabar

इजरायल र प्यालेस्टाइन बिचको गोलबारीमा बालबालिका सहित ३२ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment