Madhes Khabar
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प : २५५ जनाको मृत्यु, ५०० बढी घाइते

मधेसखबर
वीरगन्ज,०८असार : अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । जसका कारण २५५ जनाको मृत्यु भएको छ। यो संख्या अझ बढी हुन सक्ने सञ्चार माध्यमहरुमा उल्लेख छ।
भूकम्प मापन यन्त्रले ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको थियो। सो भूकम्पले धेरै नोक्सान हुने अनुमान गरिएको छ। अफगान अधिकारीहरूका अनुसार भूकम्पका कारण धेरै घरहरू भत्किएका छन् र भग्नावशेषले थिचिएर कम्तीमा २५५ जनाको मृत्यु भएको छ।
हाल उद्धार कार्य सुरु गरिएको र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। गत वर्ष मात्र दुई दशक लामो युद्धबाट अफगानस्तान मुक्त भएको थियो। अधिकारीहरु यसलाई अफगानिस्तानको दोस्रो ठूलो संकट भएको बताउँछन्।
अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरले २५५ जनाको मृत्यु भएको जनाएको छ। घटनास्थलमा हेलिकप्टर पठाइएको र उद्धार कार्य सुरु गरिएको उल्लेख गरेको छ।
समाचार एजेन्सीका निर्देशक अब्दुल वाहिद रायनले ट्वीटरमा लेखेका छन्, ’पटिकामा करिब ९० घर ध्वस्त भएको छ। यी घरको भग्नावशेषमुनि दर्जनौं मानिस फसेको आशंका गरिएको छ ।

सामाजिक सञ्जालमा शेयर भइरहेका मानिसलाई हेलिकप्टरबाट उद्धार गरिएको देख्न सकिन्छ। तालिबान सरकारका उपप्रवक्ता बिलाल करीमीले भने, ’ भूकम्पले पक्तिका प्रान्तका चार जिल्लालाई प्रभावित पारेको छ। यस प्रकोपमा देशका सयौं मानिसको ज्यान जाने र घाइते हुने अनुमान गरिएको छ। यस प्रकोपका कारण दर्जनौं घर ध्वस्त भएका छन्।’
उनले सबै निकायलाई विपद् प्रभावित क्षेत्रमा तुरुन्तै टोली पठाएर पीडितलाई सहयोग गर्न आग्रह गरेको बताए। भूकम्पको धक्का छिमेकी राष्ट्र पाकिस्तानको राजधानी इस्लामावादलगायत धेरै सहरमा महसुस गरिएको छ। युरोपेली एजेन्सी ईएमएससीका अनुसार यो भूकम्प ५०० किलोमिटरको दायराभित्र महसुस गरिएको थियो। यसमा भारतका केही भागहरू पनि समावेश छन्। एजेन्सी

Related posts

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

गर्मीका कारण भारतकाे बिहार र उडिसामा ३१ जनाकाे मृत्युु

MadhesKhabar

गंगा नुहाउन हिंडेका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुदाँ २२ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment