Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतले सञ्चालनमा ल्यायो जम्मु–कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

काठमाडौं,२३जेठःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्।

मोदीले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।

४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले । ‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला ग¥यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं।’

उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे ।

यो पुल बनेसँगै अब नयाँदिल्लीबाट कश्मीरसम्म वन्दे भारत रेल जाने भएको छ। कटरा–श्रीनगर वन्दे भारत एक्सप्रेस ७ जुनदेखि चल्ने भएको छ। यस रेलमार्गले जम्मु–कश्मीरबीचको १० घण्टाको यात्रालाई मात्र ३ घण्टामा झारेको छ ।
पुल ३५९ मिटर अग्लो छ । जुन फ्रान्सको एफिल टावरभन्दा अग्लो हो । अब यो पुल विश्वकै अग्लो आर्च रेल पुलका रूपमा चिनिएको छ ।

यो पुलले ३२७ किमी प्रतिघण्टा गतिसम्मको हावामा पनि सहनसक्ने क्षमता राख्दछ। भूकम्प प्रतिरोधी, विस्फोट प्रतिरोधी, अत्यन्तै कठिन भौगोलिक परिस्थितिमा यो पुल निर्माण गरिएको हो ।

यस पुल बनेसँगै कश्मीर अब रेलमार्गद्वारा भारतको बाँकी भागसँग वर्षैभरि जोडिनेछ । जसले जनजीवन, सुरक्षातन्त्र र आर्थिक गतिविधि बढाउने विश्वास भारतले लिएको छ ।

अर्कातिर अञ्जी पुल भारतको पहिलो केबल स्टे रेल पुल भएको छ । जुन ३३१ मिटर अग्लो छ जसले कटरा–रियासीलाई जोड्छ।

यी पुलहरू २७२ किलोमिटर लामो उधमपुर–श्रीनगर–बारामुला रेल लिंक परियोजनाका हिस्सा हुन् । जुन सन् १९९७ मा सुरु भएको थियो । यो परियोजना पूरा हुन २८ वर्ष लाग्यो।

यो परियोजनाअन्तर्गत ३६ वटा सुरुङ बनेका छन् । जसमध्ये सबैभन्दा लामो ती–५० टनेल (१२.७७ किमी) को रहेको छ । यो परियोजनामा १३ किलमोमिटर लामा ९४३ वटा पुल बनेका छन् ।साभारः खबरहब

Related posts

पानी ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर ४ जनाको मृत्यु

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment