Madhes Khabar
अन्तर्राष्ट्रिय

बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु

काठमाडौं,२५असाेज: भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १ सय जना घाइते भएको पुष्टि भएको छ ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।

यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

Related posts

आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

MadhesKhabar

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

MadhesKhabar

पाकिस्तानमा बम विस्फोट हुँदा २० को मृत्यु, ५० घाइते

MadhesKhabar

Leave a Comment