Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विस्फोट हुँदा २० को मृत्यु, ५० घाइते

काठमाडौं,१४साउन: पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलका एक नेता मौलाना जियाउल्लाह जान पनि उक्त विस्फोटमा मारिएका छन् ।

उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।साभार:अनलाइनखबर

Related posts

भारतलाई पाकिस्तानको जवाफ:भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित

MadhesKhabar

कांग्रेस (आइ ) को अध्यक्षका लागि ३ जनाको उम्मेदवारी : त्रिपाठी, थरूर र खडगे

MadhesKhabar

टिकटकले अमेरिकी सरकारविरुद्ध अदालतमा दायर गर्‍याे मुद्दा

MadhesKhabar

Leave a Comment