Madhes Khabar
अन्तर्राष्ट्रिय प्रविधि

टिकटकले अमेरिकी सरकारविरुद्ध अदालतमा दायर गर्‍याे मुद्दा

काठमाडौं,२६बैशाखःभिडियो शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको संघीय अदालतमा मुद्दा दायर गरेको हो ।

टिकटकले अमेरिकामा आफ्ना १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गरेको बीबीसीले जनाएको छ । यस्तै टिकटकमाथि प्रतिबन्ध लगाउँदा संविधानको समेत उल्लंघन हुने टिकटकले दायर गरेको मुद्दामा उल्लेख छ । कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी नगर्ने दाबी दोहो¥याउँदै टिकटकले चिनियाँ एप भएकै कारण प्रतिबन्ध लगाउनु गलत रहेको बताएको छ ।

टिकटकले अमेरिकी प्रयोगकर्ताको विवरणमा सुरक्षाका उपायहरू लागू गर्न दुई अर्ब डलर खर्च गरेको र त्यहाँको विदेशी लगानीबारे ९० पृष्ठको राष्ट्रिय सुरक्षा सम्झौताको मस्यौदामा प्रतिबद्धता जनाएको पनि उल्लेख गरेको छ ।

गत अप्रिल २० तारिखमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेको छ । कानुनअनुसार अमेरिकी प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकको शेयर अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ ।

Related posts

भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तिमा २२ जनाको मृत्यु,१५ घाइते

MadhesKhabar

भारतकाे बिहारमा चट्याङ लागेर १९ जनाकाे मृत्यु

MadhesKhabar

२०२४ मा बिजेपीलाई हराउन विपक्षी १५ दलहरु भए एकजुट

MadhesKhabar

Leave a Comment