Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे एक औषधि कम्पनीमा विस्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौं,२२च‌ैत:भारतकाे तेलङ्गना राज्यको एक औषधि कम्पनीमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। १६ जना घाइते भएको भएका छन्।

भारतीय प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित ओैषधि कम्पनीभित्र बुधबार साँझ विस्फोट भएको थियो।

बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा विस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशकसहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन्।

घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो।

प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर विस्फोट भई आगलागी भएको देखाएको छ।

प्रहरीका अनुसार विस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो। भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्ने क्रम बढेसँगै कारखानामा विस्फोटका घटना बढ्न थालेको पाइएको छ।साभार:उकालाेबाट

Related posts

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

MadhesKhabar

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

MadhesKhabar

श्रीलङ्कामा संकटकाल घोषणा

MadhesKhabar

Leave a Comment