Madhes Khabar
अन्तर्राष्ट्रिय हेडलाइन

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं,२७ बैशाख :संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।

दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।

भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख ९डीएमजीओ० ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’

दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।

भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।

अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ। अब सीमामा शान्ति पुनस्र्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ। –एजेन्सीबाट

Related posts

अन्तर्राष्ट्रिय नारी दिवसमा वीरगन्ज जेसिसद्वारा चार महिला सम्मानित

MadhesKhabar

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : वीरगन्जमा सन्देशमुलक -याली

MadhesKhabar

Leave a Comment