Madhes Khabar
राजनीति हेडलाइन

एमाले प्रवेश गरेका पूर्वमन्त्री यादवलाई केपी ओलीले बनाए पर्सा-१ काे उम्मेदवार

वीरगन्ज,५माघ :नेकपा एमालेले पर्सा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएकाे छ।

 

आइतबार राति जसपा नेपाल परित्याग गरि एमालेमा प्रवेश गरेका यादवलाई एमालेले पर्सा-१ मा प्रत्यक्ष तर्फकाे उम्मेदवार बनाएकाे हाे।यादवले भने,` जसपा नेपालमा मलाई सहिद बनाउने षड्यन्त्र गरेकाे भनक पाएपछि म एमालेमा प्रवेश गरेकाे हुँ। ममाथि एमालेले भराेसा गरेर पर्सा-१ बाट उम्मेदवार पनि बनाएकाे छ।यसका लागि श्रद्धय अध्यक्ष केपी ओली ज्यु लगायत अन्य नेताहरुप्रति कृतज्ञ छु।´

 

मंगलबार मनाेनयन दर्ता रहेकाले साेमबार नै आफ्नाे निर्वाचन क्षेत्रमा फर्किएर चुनावी अभियान सुरु गर्ने उनले बताए ।

अशाेक राई नेतृत्वको जसपा छाडेर गत पुस १४ गते यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए।उपेन्द्र यादवले उनलाई जसपा नेपालकाे केन्द्रीय सदस्यमा मनाेनित गरेका थिए।

 

तर आइतबार जसपा नेपालले पर्सा-१ बाट जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेपछि आँफुसंग धाेखा गरिएकाले आँफु एमालेमा प्रवेश गरेकाे र एमालेबाट पर्सा-१ काे उम्मेदवार बन्नु परेकाे पूर्वमन्त्री यादवले बताए ।

Related posts

समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

MadhesKhabar

पर्सामा मेयरकै वडामा लौरो छापका स्वतन्त्र उम्मेदवार विजयी

MadhesKhabar

अदालतबाट `स्टे अर्डर´आएपछि वीरगन्जको मुर्लीमा रोकियो सडक विस्तार

MadhesKhabar

Leave a Comment