Madhes Khabar
समाचार स्थानिय हेडलाइन

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

फाइल तस्बिर ।

वीरगन्ज,८माघःपर्सामा सशस्त्र प्रहरीले ६ महिनामा २१ करोड भन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुसम्म भारतबाट भन्सार राजश्व छलेर पर्साको वीरगन्जसहितका नाका हुदैं भित्रयाइएका २१ करोड २८ लाख २६ हजार ५ सय २२ रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका ती सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको उनले बताए ।

पछिल्लो ६ महिनामा वीरगन्ज भन्सार कार्यालयमा १६ करोड ४७ लाख ४१ हजार १ सय ७५ रुपैंया बराबरको र ४ करोड ६० लाख ८५ हजार ३४७ रुपैंया मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको धामीले जानकारी दिए ।

पर्सामा सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ मा (१२ महिनामा) भने पर्साका विभिन्न स्थानबाट राजश्व छली गरेर भित्रयाइएका १४ करोड ५९ लाख ७२ हजार ८६७ रुपैंया मूल्य बराबरको सामान बरामद गरेर भन्सार र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक बर्षको ६ महिनामै ६ करोड ६८ लाख ५३ हजार ६५५ रुपैंया बढी मूल्यको सामान बरामद गरिएकोपनि उनले बताए ।
फाइल तस्बिर ।

Related posts

नारायणी अस्पतालको मेसु परिवर्तन, डा. एनामुलले पाए जिम्मेवारी

MadhesKhabar

वीरगन्ज नाकाबाट दुई सातामा ७३ लाख ७० हजार मुल्यको गोलभेंडा भारत निर्यात

MadhesKhabar

वीरगन्ज महानगरको ल्याबमा गरिएको पानी परीक्षणमा हैजा फैलाउने जीवाणु फेला परेन

MadhesKhabar

Leave a Comment