Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बीपी उद्यानलाई `हरियाली पार्क´ बनाउँदै महानगर

वीरगन्ज,२२वैशाख:वीरगन्ज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकता दिँदै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ ।

लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा परेको उक्त क्षेत्रलाई अब स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

हाल उद्यान क्षेत्रमा माटो पुर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने काम भइरहेको छ ।महानगरपालिकाका अनुसार आगामी चरणमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूल तथा बिरुवा लगाउने र हरियाली व्यवस्थापनलाई व्यवस्थित गर्ने तयारी गरिएको छ । यसले पार्कलाई प्राकृतिक रूपमा सुन्दर र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माण मात्र नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान भएको बताएका छन् ।बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्दै जाने सिंहले बताए ।

 

जसले वीरगन्जको सौन्दर्य मात्र बढाउँदैन, यहाँका नागरिकलाई स्वच्छ वातावरण र विश्रामका लागि खुला स्थान पनि उपलब्ध गराउँछ।मेयर सिंहले भने,` पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।´

महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको व्यवस्थित संरचना निर्माण गर्ने योजना बनाएको छ ।

साथै, पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि अघि बढाइएको छ ।जहा ऐतिहासिक महत्व झल्काउने उद्देश्यले जनकपुरबाट पुरानो रेल इन्जिन ल्याएर संग्रहालयमा राख्ने तयारी भइरहेको छ ।

यसअघि उद्यान क्षेत्रमा अतिक्रमण गरी व्यापार गर्दै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्थाका रूपमा छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा कृषि बजार स्थापना गरी स्थानान्तरण गरिएको छ । यसले उद्यान क्षेत्रलाई पूर्ण रूपमा खुला र व्यवस्थित बनाउन सहयोग पुगेको छ ।

महानगरपालिकाले यसअघि वीरगन्ज भन्सार क्षेत्रमा पनि वृक्षारोपण गरी शहरको हरियाली विस्तार गर्ने प्रयास गरेको थियो ।

बीपी उद्यानको हरियाली पार्क निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आशा गरिएको छ ।सफल खतिवडा/अनलाइन खबर

Related posts

अन्नको भण्डारमा मधेसमा असार आधा बित्दा ३.९ प्रतिशतमात्रै धान रोपाइँ

MadhesKhabar

चितवनको माडीमा वन मन्त्री यादवले गरेको प्रतिबद्धता पुरा

MadhesKhabar

पर्सा–२ का मतदातालाई कांग्रेस माथी पुर्ण बिस्वास राख्न अजय चौरसियाको आग्रह

MadhesKhabar

Leave a Comment