Madhes Khabar
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा संकटकाल घोषणा

मधेसखबर

वीरगन्ज,२९असार: श्रीलङ्कामा संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघले देशमा संकटकाल घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताकाअनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

चरम आर्थिक संकट व्यहोरिरहेका श्रीलंकाका जनता राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नै उर्लिएका छन्। श्रीलंकाले इतिहासमै सबैभन्दा खराब र ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।

बेलायतबाट सन् १९४८ मा स्वतन्त्र भएयता यो दक्षिण एसियाली राष्ट्रको सबैभन्दा गम्भीर आर्थिक संकट हो। मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा महिनौंदेखि विरोध प्रदर्शन भइरहेका छन्।

Related posts

सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

पश्चिम बंगालमा भाजपा नेता झाको गोली हानी हत्या

MadhesKhabar

Leave a Comment