Madhes Khabar
अन्तर्राष्ट्रिय

पश्चिम बंगालमा भाजपा नेता झाको गोली हानी हत्या

काठमाडौं,१९चैत ::भारतको पश्चिम बंगालमा भाजपा नेता तथा कोइला व्यवसायी राजु झाको गोली हानी हत्या गरिएको छ । पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा उनको हत्या भएको हो। हत्यामा प्रयोग भएको निलो रंगको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ।

गाडीको नम्बर प्लेट नक्कली भए पनि राजु झामाथि गोली प्रहार गर्नेहरु त्यही गाडीमा आएको दाबी प्रहरी अधिकारीले गरेका छन्। राजु झामाथि शनिबार राति करिब आठ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा निलो रंगको कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए।
गोली लागेर ड्राइभिङ सिटमा बसेका राजु र उनका एक सहयोगी गम्भीर घाइते भएका थिए। राजु झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो। आक्रमणकारीहरु कार छोडेर भागेको प्रहरीको अनुमान छ ।

राजुको कार शक्तिगढस्थित मिठाई पसल अगाडि पार्किङ गरिएको प्रत्यक्षदर्शीले बताए। त्यही समयमा नीलो रंगको कारमा भएका मानिसहरूले अन्धाधुन्ध गोली चलाएका थिए ।प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ। बीबीसी

Related posts

भारतको मणिपुरमा पहिरो : २५ जनाको मृत्यु , ३८ जना बेपत्ता

MadhesKhabar

सात तल्ले भवनमा भएकाे आगलागीमा परेर ४४ जनाकाे मृत्युु

MadhesKhabar

भारतमा पनि नेपालकै झल्को दिने हिंसात्मक प्रदर्शन : लद्दाखमा भाजपा कार्यालयमा आगजनी

MadhesKhabar

Leave a Comment