Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा पहिरो : २५ जनाको मृत्यु , ३८ जना बेपत्ता

तस्वीर :एजेन्सी

मधेसखबर
वीरगन्ज,१९ असार : भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पहरोमा परि ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।

 

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।

Related posts

पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छोड्न उर्दी,सिन्धु नदिकाे पानी अब पाकिस्तानमा नदिने निर्णय

MadhesKhabar

लाेकसभा चुनावअघि राम मन्दिर उद्घाटन गर्ने माेदी सरकारकाे तयारी

MadhesKhabar

युपी : प्रहरीकै सुरक्षा घेराभित्रै अतिक अहमदकाे गाेली हानी हत्या

MadhesKhabar

Leave a Comment