Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा पहिरो : २५ जनाको मृत्यु , ३८ जना बेपत्ता

तस्वीर :एजेन्सी

मधेसखबर
वीरगन्ज,१९ असार : भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पहरोमा परि ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।

 

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।

Related posts

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहकाे निधन

MadhesKhabar

माल्दिभ्सबाट भारतीय सेना तुरुन्तै हटाउने नवनिर्वाचित राष्ट्रपति मुइज्जुकाे घाेषणा

MadhesKhabar

पाेर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएकाे आराेपमा डाेनाल्ड ट्रम्प पक्राउ

MadhesKhabar

Leave a Comment