Madhes Khabar
अन्तर्राष्ट्रिय

सात तल्ले भवनमा भएकाे आगलागीमा परेर ४४ जनाकाे मृत्युु

काठमाडौं,१८फाल्गुन:बंगलादेशकाे राजधानी ढाकामा आगलागीमा परी ४४ जनाकाे मृत्यु भएको छ। २० भन्दाबढी गम्भीर घाइते भएका छन्।

ढाकामा रहेको सात तल्ले एक भवनमा बिहीबार राति आगलागी भएको हाे।घाइतेहरुको ढाका मेडिकल कलेज अस्पताल र नजिकैको बर्न अस्पतालमा उपचार भइरहेको ढाका ट्रिब्युनले जनाएको छ।

घटनास्थलमा पुगेका बंगलादेशका स्वास्थ्यमन्त्री डा सामन्तलाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा ३३ जनाको शव र शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा थप १० जनाको मृत्यु भएको जानकारी दिए। त्यसपछि प्रहरी महानिरीक्षकले केन्द्रीय प्रहरी अस्पतालमा थप एक जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

आईजीपी चौधरी अब्दुल्लाह अल मामुनले पत्रकार सम्मेलन गर्दै ४४ जनाको मृत्यु भएको र ७५ जनाको उद्धार गरिएको जानकारी दिए।

‘कच्ची भाइ’ नामक रेस्टुरेन्ट रहेको भवनको दोस्रो तलामा राति पौने १० बजे आगलागी भएको थियो। आगो अन्य तलामा फैलिँदा धेरै मानिस रेस्टुरेन्टमा खाना खाइरहेका थिए। राजधानी ढाकाको बेली रोडमा रहेको भवनमा मुख्यतया रेस्टुरेन्टका साथै  कपडा र मोबाइल फोन पसलहरू छन्।

Related posts

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प : २५५ जनाको मृत्यु, ५०० बढी घाइते

MadhesKhabar

सिक्किममा बाढीकाे कहर: १४ जनाकाे मृत्यु ,सय भन्दा बढी बेपत्ता

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment