Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा लागू औषधको सञ्जाल भत्काउँदै प्रहरी : फेरि ट्रकबाट ठूलो परिमाणमा चरेस बरामद

वीरगन्ज,६ पुसः वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागू औषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।एक हप्ताअघि मात्रै वीरगन्जबाटै १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबारराति भने २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा मालवहक ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए ।चरेससंगै उक्त ट्रकका चालक र लाईपनि नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरी उपरीक्षक पाठकका अनुसार, शनिबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित सडकमा सवारी साधनको नियमित चेकजाँच लागि प्रहरीको टोली खटिएको थियो । त्यसक्रममा मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

चरेस बरामद भएपछि उक्त ट्रकसंगै त्यसका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार थाहा नगरपालिका वडा नम्बर ११ कै २१ वर्षीय नवराज लोलाईपनि नियन्त्रणमा लिइएको पाठकले बताए ।

चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

 

Related posts

वीरगन्जका लागि खुशीको खबर : नारायणी अस्पतालमापनि सुरु भयो ‘एमआरआई सेवा’

MadhesKhabar

अन्डाको मूल्य फेरि बढ्यो, अब क्रेटको कति ?

MadhesKhabar

पर्सा: कृषि हाटबजार सेड सञ्चालनमा ढिलाई

MadhesKhabar

Leave a Comment