Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

अन्डाको मूल्य फेरि बढ्यो, अब क्रेटको कति ?

काठमाडौं,२२ चैत : नेपाली बजारमा अन्डाको मूल्य फेरिः बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो ।नयाँ मूल्यसूची अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको हो ।

संघका अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य (थोक मूल्य) प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ, जुन पहिले ४ सय ६० रुपैयाँ थियो ।

त्यसैगरी ४ सय ३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डाको मूल्य ४ सय ५० पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य ४ सय तोकिएको छ ।

संघ सचिव मदन पोखरेलका अनुसार किसानसँगको निरन्तर छलफल र कार्यसमितिको निर्णय बमोजिम बजार स्थिर राख्न र किसानको बढ्दो उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गर्नुपरेको हो ।

 

चितवनलाई आधार मानेर निर्धारण गरिएको यो मूल्य फार्मबाट खरिद गर्दाको हो । संघले जारी गरेको सूचनामा चितवनबाट देशका अन्य सहरका डिपोमा अन्डा पु¥याउँदा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १ सय ४५ रुपैयाँ लाग्ने स्पष्ट पारेको छ ।

Related posts

गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ आयो, के उपेन्द्र यादवमाथि कारबाही होला ?

MadhesKhabar

पर्साकाे महुवनमा दलितमाथि कुटपिट : दलित आयोगको टोली घटनास्थलमा, पीडित परिवारसंग भेटघाट

MadhesKhabar

बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित

MadhesKhabar

Leave a Comment