Madhes Khabar
समाज हेडलाइन

पर्साकाे महुवनमा दलितमाथि कुटपिट : दलित आयोगको टोली घटनास्थलमा, पीडित परिवारसंग भेटघाट

वीरगन्ज,१चैत:पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नंबर ५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगले चासो दिएको छ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोली आइतबार घटनास्थलमा पुगेर पीडित परिवारसँग भेटघाट गर्दै घटनाको बारेमा जानकारी लिएको छ।

फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित समुदायका व्यक्तिले दलित समुदायमाथि कुटपिट गरेको घटनाको सत्यतथ्य बुझ्न आयोगको टोली त्यहाँ पुगेको हो।

उकङघटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवीको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको छ।

घटनाको वास्तविकता पत्ता लगाई पीडितलाई न्याय दिलाउन पहल गरिने आयोगले जनाएको छ। टोलीले यसै सन्दर्भमा सखुवाप्रसौनी गाउँपालिका वडा नंवर ५ का वडध्यक्ष असेश्वर प्रसाद यादवसँग पनि छलफल गरेको थियो।

त्यसअवसरमा आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा कुटपिट गर्नु कानुनी अपराध भएको स्पष्ट पार्दै दलित समुदायमाथि हुने यस्ता घटनालाई कुनै पनि हालतमा सह्य गर्न नसकिने बताए।

टोलीको भेटघाटका क्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवान लगायतकाको उपस्थिति रहेको थियो।

Related posts

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

MadhesKhabar

पर्सामा को को ले उम्मेदवारी फिर्ता लिए ? ( नाम र क्षेत्र सहित )

MadhesKhabar

Leave a Comment