Madhes Khabar
कृषि हेडलाइन

पर्सा: कृषि हाटबजार सेड सञ्चालनमा ढिलाई

पर्सा,२२पुस:पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रङ्गपुरटाँडीस्थित भुमरीमाई (बुलबुले ताल) नजिक करोडाैं रुपैयाँकाे लागतमा निर्माण भएको हाटबजार सेड निर्माण भएकाे ५ महीना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।कृषि हाटबजार सेडको निर्माण कार्य गत असारमै सम्पन्न भएको थियो ।संघीय सरकार र गाँउपालिकाको संयुक्त लगानीमा १ करोड रुपैयाँ बढीकाे लागतमा पक्की कृषि हाटबजार सेड निर्माण सम्पन्न गरिएकाे हाे ।

रङ्गपुरटाँडीमा सडक फूटपाथमा हाटबजार साप्ताहिकरूपमा सोमबार र शुक्रबारका दिन लाग्ने गरेको छ । सडक फूटपाथमा हाटबजार लाग्दा ती दिनमा उक्त सडकखण्ड भएर आवतजावत गर्न समस्या हुने भएकोले पालिकाले रङ्गपुर बजारदेखि पाँच सय मिटर उत्तर भुमरीमाई मन्दिर नजिक पक्की हाटबजार सेड निर्माण गरेको हो ।

गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले भने संघीय सरकार र गाँउपालिकाको बजेटबाट एक करोड बढीको लागतमा पक्की हाटबजार सेड निर्माण भएको र त्यसमा बिजुली बत्ती जडान तथा स्तनपान कक्ष निर्माण गर्न बाँकी भएकोले सञ्चालनमा आउन नसकेको बताए । उनले माघ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गरेर सेड सञ्चालनमा ल्याइने बताए ।

Related posts

वीरगन्जमा पहिलाे पटक आयाेजित घाेडा दाैड प्रतियाेगिताकाे  उपाधि बिहारकाे घाेडाले जित्याे

MadhesKhabar

तराई मधेसमा आज खिंचडी पर्व मनाइदैं

MadhesKhabar

स्वतन्त्रबाट चुनाव जितेका पर्साका प्रदेश सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री पड्काउन सफल

MadhesKhabar

Leave a Comment