Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे गुलरियामा आगलागीबाट चार घर जलेर नष्ट

वीरगन्ज,२७चैत:पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया गाँउमा साेमबारराति आगलागी हुदाँ चार वटा घर जलेर नष्ट भएको छ ।

विजुलीकाे तार सर्ट भएर लागेकाे आगाेबाट स्थानीय मनिफ मियाँ,राजेन्द्र राउत कुर्मी,फडिन्द्र राउत कुर्मी र रविन्द्र पटेलकाे फुसकाे घर पूर्णरूपमा जलेर नष्ट भएकाे ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक ताेजेन्द्र बिसीले जानकारी दिए।

साेमबारराति करिब १२ बजेतिर मनिफकाे घरमा बिजुलीको तार सर्ट भएर सुरु भएकाे आगलागी छिमेकीहरुकाे घरमापनि सल्किएकाे बिसीले बताए।

उक्त आगलागी वीरगन्ज महानगरपालिका,पाेखरिया नगरपालिका र जीराभवानी गाँउपालिकाका गरी ३ वटा वारुण यन्त्र काे मदतमा प्रहरी र स्थानीयबासीले मिलेर निभाएकाे बिसीले जानकारी दिए।

आगलागीमा परेर पाँच वटा बाख्रा जलेर मरेकाे उनले बताए ।आगलागीमा परी चार वटै फुसकाे घर पूर्णरूपमा जलेकाले त्यसबाट अन्दाजी १५/१६ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब निरीक्षक बिसीले बताए ।

Related posts

वीरगन्जका स्कुल, कलेज र मठमन्दिरका भवनमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने

MadhesKhabar

वीरगन्जमा आयोजित ‘एकताका लागि दौड’ म्याराथनमा ४ हजारले लिए भाग, खातुन र साह भए प्रथम

MadhesKhabar

गँहु बालीका लागि डिएपी मल वीरगन्ज आइपुग्यो

MadhesKhabar

Leave a Comment