वीरगन्ज,२६पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपाशखाको नयाँ कार्य समिति चयन गरिएको छ ।
शुक्रबार सम्पन्न रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको ४१ औं अधिवेशनले पुन सन्तोष गुप्ताकै सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । जसको उपसभापतिमा डौल दुबे,कोषाध्यक्षमा प्रमान्द साह कानु ,सदस्यहरुमा प्रभाकर गुप्ता,सन्तोष कुमार साह,शोभा देवी,राकेश कुमार साह,रमेश साह,सुदामा बर्णबाल,रवि श्रीवास्तव लगायतका रहेका निर्वाचन अधिकृत विनोद गिरीले जानकारी दिए।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुको प्रमुख आतिथ्यतथा तथा पूर्व वडाध्यक्षा रामनगीना साह कानुको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनमा घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, रेडक्रस सोसाइटी पर्साका सदस्य बबिता गुप्ता,एमालेका युवा नेता अजय गुप्ता, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता लगायतकाकोपनि सहभागीता थियो ।

