Madhes Khabar
स्थानिय

रानीघाटमा रहेकाे किताब पसलकाे गाेदाममा आगलागी हुदाँ १० लाखकाे क्षति

वीरगन्ज,२८कार्तिक:वीरगन्ज महानरपालिकाकाे वडा नम्बर ११ रानिघाटस्थित किताब पसलको गोदाममा साेमबार साँझ आगलागी हुदाँ १० लाख भन्दा बढीकाे क्षति भएको छ ।

रानिघाटमा रहेकाे चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

किताब पसल नजिकै रहेको गोदाममा बालिएको दियोले आगो सल्केर भएको आगलागीबाट गोदाममा राखिएको किताब र स्टेशनरी सामग्री गरि १० लाख भन्दा बढीको क्षती भएको पिडित रामनारायण प्रसाद चौरसियाले जानकारी दिए ।

स्थानिय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए ।

Related posts

पहिलाे पाइला नेपालकाे नयाँ कार्यसमिति चयन

MadhesKhabar

पर्सामा भूमीहिन र सुकुम्बासीलाई भूमी आयोगद्वारा निस्सा वितरण गर्न सुरु

MadhesKhabar

वीरगन्जमा प्रहरीले नष्ट गर्यो आठ लाख मुल्यको पटाका

MadhesKhabar

Leave a Comment