Madhes Khabar
स्थानिय

हैजा नियन्त्रणमा लागेकाे वीरगन्ज महानगरले कसरी वितरण गर्दैछ खानेपानी ?….

वीरगन्ज,११भदाैं:हाल वीरगन्जमा फैलिएको झाडापखाला र हैजाको प्रकाेपलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धिकरणलाई प्राथमिकतामा राखेको छ। महानगरले विभिन्न स्थानमा राखिएका ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्‍याइने पानीलाई क्लोरीन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरेर मात्रै वितरण गर्दै आएको छ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार फोहोर वा दूषित पानीकै कारण हैजा, टाइफाइडसहित अन्य पाचनसम्बन्धी रोग फैलने सम्भावना उच्च हुन्छ। “हामीले ट्यांकरमै क्लोरीन घोल्छौं र टंकीमा समेत ब्लिचिङ पाउडर प्रयोग गर्छौं। यसरी शुद्धिकरण नगरिकन कुनै पनि स्थानमा पानी पठाइँदैन,” उनले भने।

ब्लिचिङ पाउडर पानीलाई सुरक्षित बनाउने प्रभावकारी उपाय मानिन्छ। यसले पानीमा क्लोरीन मुक्त गराएर हैजा र टाइफाइड जस्ता रोगका जीवाणुहरूलाई तुरुन्तै नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ।

महानगरका मेयर राजेशमान सिंहले खानेपानी शुद्धिकरणलाई रोग नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण उपाय भन्दै नागरिकलाई पनि घरमै पानी उमालेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। उनले भने, “सामुदायिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। महानगरले आफ्नो तर्फबाट शुद्धिकरणको सम्पूर्ण प्रक्रिया अवलम्बन गरिरहेको छ, तर नागरिकले पनि सतर्कता अपनाउनुपर्छ। हामी कुनै पनि हालतमा अशुद्ध पानी वितरण गर्न दिने छैनौं।”

महानगरले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

Related posts

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

MadhesKhabar

मन्त्री यादवलाई धम्क्याउने टिकटकर साहलाई ५ हजार धराैटीमा रिहा गर्न अदालतकाे आदेश

MadhesKhabar

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

MadhesKhabar

Leave a Comment