Madhes Khabar
स्थानिय

मन्त्री यादवलाई धम्क्याउने टिकटकर साहलाई ५ हजार धराैटीमा रिहा गर्न अदालतकाे आदेश

वीरगन्ज,१९भदाैं:खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा धम्क्याएकाे आराेपमा पक्राउ परेकी टिकटकर किरण साहलाई पर्सा जिल्ला अदालतले ५ हजार रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएको छ।

पर्सा जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीशकमलकान्त जोशीको इजलासले साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।बाराकाे कलैया उपमहानगर-२६ सिसवा महेशपुर स्थायी घर भई हाल पर्साकाे वीरगन्जमा बस्दै आएकि साहलाई प्रहरीले गत शनिबार पक्राउ गरेकाे थियाे ।उनिविरुद्ध प्रहरीले विद्युतीय कारोबार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको थियाे।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान फाइल बुझाएपछि बिहीबार पर्सा जिल्ला अदालतमा थुनछेक बहस भएको थियो ।

वीरगन्जमा हैजा फैलिएको र त्यसबाट आफ्ना परिवारका सदस्यहरु बिरामी भएको र त्यसको जिम्मेवार खानेपानीमन्त्री यादव भएको भन्दै साहले खानेपानी मन्त्री यादवलाई फाेन गरेर ज्यान मार्नेसम्मकाे धम्की दिएकी थिइन् ।त्यसपछि मन्त्री यादवसंग गरिएको उक्त फाेन संवादकाे अडियाे रेकर्ड उनले विभिन्न व्याक्तिलाई पठाएर सामाजिक सञ्जालबाट सार्वजनिक गर्न लगाएकी थिइन्।

त्यसपछि मन्त्री यादवका स्वकीय सचिव हरेन्द्र साहले किरण साहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।जाहेरी लगत्तै प्रहरीले साहलाई वीरगन्जको मुर्लीबाट पक्राउ गरेर थुनामा राखेकाे थियाे।

Related posts

चुरियामाईमा भएकाे बस दुर्घटनाका घाइते भन्छन् : ड्राइभरले रक्सी पिएका थिए

MadhesKhabar

पर्साको छिपहरमाई गाँउपालिकामा व्यापक भ्रष्टचार भएको भन्दै स्थानीय युवाहरुले दिए धर्ना

MadhesKhabar

वीरगन्जमा सदभाव खल्बल्याउने घटनाकाे छानबिन गरि दाेषीलाई कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

MadhesKhabar

Leave a Comment