Madhes Khabar
स्थानिय हेडलाइन

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास : वीरगन्ज महानगर

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : वीरगन्ज महानगरपालिकाले आफ्नो घोषित नीति अनुसार नगर व्यवस्थित बनाउँदै जाँदा अत्ताल्लिएकाहरुले अनर्गल प्रचार गरेर भ्रम फैलाउन खोजेका छन् ।

महानगरपालिकाले नगरवासीको जनजीविकाका मुद्धामा अहिले काम गरिरहेको छ । महानगरको सरसफाई, यहाँका नागरिकको स्वास्थ्य सेवा लगायतलाई ध्यान दिँदै महानगरले काम गरिरहेको र त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिरहेको विषयलाई केही सञ्चारमाध्यमले अनर्गल भ्रम छर्न खोजेको महानगरले ठहर गरेको छ ।

महानगर सँधै नीति, विधी र पद्धती बाट निर्देशित रहेर त्यही अनुरुप चलिरहेको भए पनि विगतमा महानगरमै बसेर अनेक तरहबाट पैसा आर्जन गरेकाहरुले भ्रामक समाचार प्रकाशित गरेर महानगरको बारेमा भ्रम फैलाउन खोज्नु दिवा स्वप्न देख्नु मात्रै भएको पनि महानगरको ठम्याई छ ।

हिजोको दिनमा नगरपालिकामा बसेर तलब नखाएको भन्दै अनेक तरहबाट गलत तरिकाले पैसा आर्जन गरेकाले निराधार समाचार लेखेर आज कुन हैसियतमा भ्रम फैलाउन खोजेको भन्दै यहाँका नागरिकले प्रश्न उठाएका छन् ।वीरगञ्ज महानगरले नगरवासीलाई चुस्त सेवा प्रवाह गर्न आवश्यकता बमोजिम भर्ना गरेको कर्मचारीको विषयमा अनर्गल हौवा फैलाउन खोज्नु नागरिकलाई फेरि पनि सेवाबाट बन्चित गर्न खोज्नु भएको महानगरको ठम्याई छ ।

 

Related posts

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

MadhesKhabar

बारामा खाेलाकाे बाढीले बगाएर एक महिलाकाे मृत्यु

MadhesKhabar

एमालेसंगको सहकार्य सकिएको जसपा अध्यक्ष उपेन्द्रको घोषणा

MadhesKhabar

Leave a Comment