Madhes Khabar
स्थानिय हेडलाइन

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

मधेसखबर
वीरगन्ज, ३० चैत : पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ गादीमा रहेको शीवम् लेयर्स फार्म प्रालि बन्द गर्न गाँउपालिका कार्यालयले निर्देशन दिएपनि फार्म सन्चालकले भने त्यसलाई अटेरी गरेका छन् ।

गाँउपालिकाले निर्देशन दिदाँसमेत फार्म सन्चालकले अटेरी गरि फार्म सन्चालनमै राखेपछि स्थानीयवासी थप आक्रोशति बनेका छन् । उनिहरुले बुधबार फेरि फार्म बन्दको माग गर्दै फार्मको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।

फार्मबाट निस्कने दुर्गन्ध र झिंगाको प्रकोपबाट फार्म आसपासका करिब १० गाँउका स्थानीय पिडित भएपछि गाउँपालिका कार्यालयले चैत ९ मा पत्र लेख्दै १५ दिनभित्र फार्म बन्द गर्न निर्देशन दिएको थियो । तर फार्म सन्चालकले पालिकाले दिएको १५ दिनको म्याद चैत २४ गतेनै सकिएको भएपनि फार्म सन्चालनमै राखेको छ ।

पालिकाको निर्देशन अनुसार कुखुरा फार्म बन्द गर्नुको सट्टा सन्चालकले चैत २३ मा पालिकालाई पत्र लेखेर दुर्गन्ध र झिंगाको प्रकोप व्यवस्थापन गरिरहेको जानकारी गराएका थियो ।

त्यहि पत्र अनुसार बुधबार पालिका सहितको सरकारी निकायको टोलीले फार्मको अनुगमन र निरिक्षण गर्न पुग्दा पिडित स्थानीयले फार्म पूर्ण रुपमा बन्द नै गर्नु पर्ने माग राखेर फार्म अगाडि नाराबाजी गर्दै प्रदर्शन पनि गरेका हुन् ।

बुधबार अनुगमन गरेका गाँउपालिका अध्यक्ष दिनेश चौधरीले पनि उक्त कुखुरा फार्म बन्द नै गर्नु पर्ने बताए । उनले भने,‘ फार्म सन्चालकले सुधार गरिएको भन्दै हामीलाई आग्रहसहितको चिठी पठायो , एकपटक हेरौं न त भनेर हामीले बुधबार अनुगमन गरयौं , तर सुधार भएको देखिएन , त्यसका कारण यो फार्म बन्द गर्नुको विकल्प नै छैन ।

अनुगमन टोलीले एकदुई दिनमै प्रतिवेदन तयार पारेर पालिकालाई दिने र त्यसकै आधारमा पालिकाले फार्म बन्द गराउनका लागि प्रकृया अगाडि बढाउने जानकारी पनि उनले दिए । चौधरीले भने,‘ एउटा फार्मको कारण १० हजार जनता नर्कमा बसिरहेका छन् , जनतालाई सास्ती पुरयाउने यस्ता उद्योग कारखाना पालिकामा चाहिदैन , बन्द नै गर्नुपर्छ ।

बुधबारको अनुगमन टोलीमा पालिका अध्यक्ष चौधरीसंगै पालिका उपाध्यक्ष ममता महत्तो थारु , घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका प्रमुख धनञ्जय सिंह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत धनसुन्दर प्रसाद सिंह, जिल्ला प्रशासन कार्यालय पर्साको उजुरी शाखाका शीवशंकर साह, वडाध्यक्ष विजय गैरे सहभागी थिए ।

बुधबारको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका प्रमुख सिंहले पनि प्रतिवेदन बनाएर एकदुइ दिनमै पालिकामा पेश गर्ने र त्यसपछि कानूनसम्मतरूपमा फार्म विरुद्ध कारबाही प्रकृया अगाडि बढाउने बताए ।

उक्त कुखुरा फार्मले कुखुराको सुली , मरेका कुखुरा र अन्य फोहोरको व्यवस्थापन नगरिदिदा त्यसको दुर्गन्ध र झिंगाको आतंकले पटेर्वासुगौली गाँउपालिकाको वडा नम्बर २ र ३ का करिब १ हजार घरपरिवारको दैनिकी विगत ६ वर्ष देखि कष्टकर छ । दुर्गन्ध र झिंगा प्रकोपका कारण वडा नम्बर २ र ३ का वस्तीहरु महामारीको उच्च जाोखीममा पनि छन् ।

दुर्गन्ध र झिंगाको प्रकोप व्यवस्थित गर्न गाँउपालिका कार्यालयले पटक पटक पत्रनै लेखेर फार्म सन्चालकको ध्यानाकर्षण गराएको भएपनि अटेरी गरिएपछि अब उक्त फार्म बन्द नै गर्नु पर्ने निष्कर्षमा पालिका पुगेको वडाध्यक्ष विजय गैरेले बताए ।

वडा नम्बर २ र ३ मा पर्ने गादी , मकवानी सहित ५ वटा वस्तीका गरि करिब १० हजार स्थानीयवासी कुखुरा फार्मको दुर्गन्ध र झिंगाको आतंकले करिब ६ वर्षदेखि प्रताडित हुदै आएको उनले बताए ।

यता फार्मका सन्चालक शीवजी साह कलवारले भने पालिकाले पछिल्ले पटक ध्यानकर्षण गराएपछि दुर्गन्धन र झिंगा व्यवस्थापनका लागि धेरै काम गरिसकेको दाबी गरेका छन् ।फामका तर्फबाट चैत २३ मा पालिकालाई पठाएको पत्रमा कलवारले दुर्गन्ध र फोहोर व्यवस्थापनको ८० प्रतिशत काम सकिसकेको र बाँकी २० प्रतिशत काम पनि छिट्टै सक्ने उल्लेख गरेका छन् ।

कलवार फार्म बन्द गरेर समस्या सामधान नहुने बताउदै फार्मका कारण देखिएको समस्या सामधानका लागि आफुले काम गरि नै रहेको र धेरै हद सम्म सुधार पनि भइसकेको जिकिर गर्छन् ।

Related posts

मधेस प्रदेशको मुख्यमन्त्रीमा साेनल नियुक्त

MadhesKhabar

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

वीरगन्ज महानगरको लक्ष्य ‘जहाँ खाली, त्यहाँ हरियाली’

MadhesKhabar

Leave a Comment