Madhes Khabar
मधेस प्रदेश हेडलाइन

वर्षौदेखि अनागरिकको पिडा भोगेका इन्द्रजितका चारै दाजुभाइले पाए नागरिकता

जनकपुरधाम, १० असार : नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् ।नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त इन्द्रजितका दाजु भाइले जिल्ला प्रशासन कार्यालय धनुषाबाट आइतबार वंशजको नागरिकता पाएका हुन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।आमा सोनावतीसँग चार छोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।

जेठो इन्द्रजित, माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता पाएपछि ईन्द्रजितले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।

उनी नागरिकता संघर्ष समितिका संयोजक भएर आन्दोलनरत थिए । ईन्द्रजित सिभिल इन्जिनियर हन् ।बुबा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनीहरुले नागरिकता पाएका हुन् ।साभार ः अनलाइनखबर

Related posts

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

गढीमाई मेलामा पशुबलीका लागि मार हान्ने हतियार प्रदर्शन गर्न नपाइने :बाराका सिडिओ अधिकारी

MadhesKhabar

वीरगन्जमा कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

MadhesKhabar

Leave a Comment