Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जका युवाहरुले रक्तदान गरेर मनाए भारतीय क्रिकेटर धोनीको जन्मदिन

वीरगन्ज,२३असारःभारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको ४४ औं जन्मदिन वीरगन्जमा पनि मनाइएको छ ।वीरगन्जमा रहेका धोनीका समर्थक युवाहरुले रक्तदान गर्नुका साथै फरक क्षमता भएका बालबालिकाहरुलाई खाना खुवाएर धोनीको जन्मदिन मनाएका हुन् ।

विगत ७ वर्षदेखि हरेक जुलाई ७ तारिखमा धोनीको जन्मदिन मनाउँदै आएको एमएस धोनी फ्यान क्लबले सोमबार परेको धोनीको ४४ औं जन्मदिनको उपलक्ष्यमा वीरगन्ज–३ छपकैयास्थित रक्त सञ्चार केन्द्रमा आकस्मिक रक्तदान गरेको थियो । उक्त कार्यक्रममा २० जना युवाहरुले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । उनका अनुसार रक्तदान गर्नेहरुमा एमएस धोनी फ्यान क्लबका अध्यक्ष विक्की सर्राफ,चन्दन गुप्ता,रोहित शर्मा, रोहन तामाङ,भाग्यनारायण यादव , बर्मा साह,राजु कलवार, अर्जुन यादव,अफताब आलम,ओमप्रकाश साह लगायतका रहेका छन् ।

रक्तदान कार्यक्रमपछि वीरगन्ज–१४ स्थित आशा किरण केन्द्रमा रहेका सुस्त मनस्थिती र मस्तिष्क पक्षघात भएका २५ जना बालबालिकाहरुलाई खानापनि खुवाइएको क्लबका अध्यक्ष विक्की सर्राफले बताए ।

धोनीको फ्यान रहेका वीरगन्जका युवाहरुले एमएस धोनी फ्यान क्लब गठन गरेर विगत ७ वर्षदेखि जुलाई ७ तारिखमा पर्ने धोनीको जन्मदिन मनाउँदै आएका छन् ।

विगत ७ वर्ष यतादेखि हरेक वर्ष धोनीको जन्मदिन वीरगन्जमा रक्तदान कार्यक्रम , विपन्न दलित र दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई विभिन्न किसिमका सहयोग सहितको परोपकारी कार्य गरेर मनाउदै आएको क्लबका अध्यक्ष सर्राफले बताए ।

Related posts

समाजवादी किसान महासंघको उपमहासचिवमा पर्साका तबरेज अहमद

MadhesKhabar

हावाहुरीले रूख ढाल्दा च्यापिएर २ जनाको मृत्यु

MadhesKhabar

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान जारी,थरघट्टीमा ३ हजार २ सय बोट फडानी गरेर नष्ट

MadhesKhabar

Leave a Comment