Madhes Khabar
राजनीति हेडलाइन

सिके राउत सरकारमा सहभागी हुने, मधेसमा कांग्रेसलाई सघाउने

वीरगन्ज ,०९ पुस: जनमत पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारमा जान सहमत भएको छ।

पर्सा २ बाट निर्वाचित कांग्रेसका सांसद अजय चौरसियाको काठमाडौंस्थित निवासमा शुक्रबार भएको छलफलमा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत सरकारमा जान सहमत भएका हुन्।

“उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने र मधेसमा कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई पनि समर्थन गर्ने विषयमा सकारात्मक हुनुहुन्छ”, चौरासियाले भने, “अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।”

राउतले प्रदेश सरकारमा समेत सहभागी हुने इच्छा देखाएको चाैरसियाको भनाइ छ। कांग्रेस पनि संघमा राउतलाई मन्त्री बनाउन सकरात्मक छ।जनमत पार्टीले यसका लागि मधेसमा मन्त्रीको दाबी नगरी समर्थन मात्र गर्नु पर्ने कांग्रेसकाे धारणा छ।

तर, राउतले मधेसमा पनि मन्त्री मागेका छन्। चाैरसियाले भने,“राजनीतिमा अन्तिम समयसम्म मागदाबी भइरहन्छन्। राउतले हामीलाई संघ र प्रदेश दुवैमा सघाउँनुहुन्छ।” चैरासिया कांग्रेस सभापति शेर बहादुर देउवाको विश्वासपात्र मानिन्छन्।

उनी यसअघि पार्टीभित्र मधेस विभागको संयोजक थिए। साभार:उकालाे

Related posts

पर्सा-१ बाट एमाले ग-याे उम्मेदवार सिफारिस: पूर्वकेन्द्रीय सदस्य अरबिन्द सिंह पनि परे

MadhesKhabar

महागढीमाई मन्दिरमा दर्शन गर्दै बारा – ३ मा रास्वपाका उम्मेदवार साहले सुरु गरे चुनावी अभियान

MadhesKhabar

भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउन सकृय बन्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment