Madhes Khabar
राजनीति हेडलाइन

सिके राउत सरकारमा सहभागी हुने, मधेसमा कांग्रेसलाई सघाउने

वीरगन्ज ,०९ पुस: जनमत पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारमा जान सहमत भएको छ।

पर्सा २ बाट निर्वाचित कांग्रेसका सांसद अजय चौरसियाको काठमाडौंस्थित निवासमा शुक्रबार भएको छलफलमा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत सरकारमा जान सहमत भएका हुन्।

“उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने र मधेसमा कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई पनि समर्थन गर्ने विषयमा सकारात्मक हुनुहुन्छ”, चौरासियाले भने, “अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।”

राउतले प्रदेश सरकारमा समेत सहभागी हुने इच्छा देखाएको चाैरसियाको भनाइ छ। कांग्रेस पनि संघमा राउतलाई मन्त्री बनाउन सकरात्मक छ।जनमत पार्टीले यसका लागि मधेसमा मन्त्रीको दाबी नगरी समर्थन मात्र गर्नु पर्ने कांग्रेसकाे धारणा छ।

तर, राउतले मधेसमा पनि मन्त्री मागेका छन्। चाैरसियाले भने,“राजनीतिमा अन्तिम समयसम्म मागदाबी भइरहन्छन्। राउतले हामीलाई संघ र प्रदेश दुवैमा सघाउँनुहुन्छ।” चैरासिया कांग्रेस सभापति शेर बहादुर देउवाको विश्वासपात्र मानिन्छन्।

उनी यसअघि पार्टीभित्र मधेस विभागको संयोजक थिए। साभार:उकालाे

Related posts

बर्षा प्रयाप्त हुदाँ पर्सामा धान रोपाइँ उत्साहजनक

MadhesKhabar

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

MadhesKhabar

मधेस सरकारबाट बाहिरियो माओवादी , मुख्यमन्त्री यादव संकटमा

MadhesKhabar

Leave a Comment