वीरगन्ज,२०पुस:आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेले ६ जनाकाे नाम सिफारिस गरेको छ।
आइतबार बसेकाे एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका लागि १ महिलासहित ६ जनाकाे नाम सिफारिस गरेकाे हाे ।
क्षेत्रीय कमिटी अध्यक्ष मानदेव हजराकाे अध्यक्षतामा बसेकाे बैठकले निवर्तमान सांसद प्रभु हजरा,पूर्व केन्द्रीय सदस्य अरबिन्द सिंह, वीरगन्ज महानगर कमिटी अध्यक्ष नवराज शर्मा, सुन्दर कुर्मी, बसरुदिन अन्सारी र इन्दु घिमिरेको नाम सिफारिस गरेकाे एमाले जिल्ला सचिव महेश दासले जानकारी दिए।

