
क्रान्ति शाह
वीरगन्ज, २६ बैशाख :वीरगन्ज महानगरपालिकामा राप्रपाकी उपमेयर उम्मेदवार विणा जयसवालले वीरगन्ज महानगरले अब नया अनुहार खोजेको बताएकि छन् ।
वीरगन्ज ८ र ११ नम्बर वडामा राप्रपा मेयर उम्मेदवार गिरिश गिरीसंगै चुनावी घरदैलो र कोणसभामा बोलदै राप्रपा उपमेयर उम्मेदवार विणाले भनिन् ,‘ पुराना दल र नेताका कारण वीरगन्जको दुर्दशा भएको हो , त्यसैले अब वीरगन्जवासीले बैकल्पिक दल र नयाँ नेतृत्व खोजि रहेका छन् ।
उपमेयर उम्मेदवार विणाले वीरगन्ज महानगर नाम मात्र महानगर देखिएको र यसको दोषी अहिले सम्म नेतृत्व गरेका दल र नेताहरु नै भएको बताइन् ।
त्यसैले वैकल्पिक शक्तिका रुपमा राप्रपा प्रति वीरगन्जवासीको जनलहर बढ्दै गएको भन्दै उनले भनिन्,‘ हामी झुठा आश्वासन बाड्न आएका होइनौ , हामीलाइ राजनीति छलकपट गर्न पनि आउदैन , वीरगन्जका लागि काम गर्न आएका छौ ,जनताले मुल्यांकन पनि गरिरहेका छन् ।
वीरगन्जमा अचानक राप्रपा प्रति बढ्दै गइरहेको जनलहरले यसअघि विरासत जमाएर बसेका काँग्रेस , जसपा , एमाले लगायतका पुराना दलहरु आत्तिएको पनि उनले बताइन् ।
विणाले भनिन् ,‘ जब देखि राप्रपाले वीरगन्जमा उम्मेदवारी दियो तब देखि उनिहरुको सात्तो गएको छ , बैशाख ३० को चुनाव पछि हुने मतगणनाले झन उनिहरुको सात्तो जानेछ ।

उनले आफु पढेलेखेको भएकाले वीरगन्जको गुमेको पहिचान फर्काउन र वीरगन्जवासीको समृद्धिको खाका आफुसंग रहेकाले जनताले भरोसा जताइरहेको बताइन् ।
महानगरमा राप्रपाका उम्मेदवारको चरित्र र छवि प्रति कुनै प्रश्न नभेटिएपछि पुराना दलहरुले राप्रपा ढिला आएको भनेर हल्ला फिजाइ रहेको उनले बताइन् ।
विणाले भनिन्,‘ पुराना दलहरुले पनि खुलेयाम स्वीकारी रहेका छन् कि राप्रपाका उम्मेदवार निष्कलंक छन् , छविमा कुनै दाग लगाउने ठाँउ नै छैन ,तै पनि उनिहरु राप्रपा ढिला आयो भन्दैछन् , म भन्छु यदि हामी निष्कलंक छौ , अरु भन्दा इमान्दार छौ भने ढिला चाडोको कुनै अर्थ छैन , जनाताले जिताउने भनेको राम्रा र इमान्दारलाइ नै हो र जनताले हामीलाइ नै जिताउछन् पनि ।
आफु बाहिरिया नभइ वीरगन्जकै छोरी अनि बुहारी पनि भएकोले जनताले अपार समर्थन जनाइरहेको दाबी उनले गरिन् ।
राप्रपा उपमेयर उम्मेदवार विणाले विपक्षीहरुले हौवा फैलाएको जस्तो आफु राजनीतिमा नयाँ नभएको भन्दै आफना परिवारको विरासत राप्रपासंग दशकौं देखि जोडिएको बताइन् ।
महानगरका महिलाहरुको अवस्था दयनिय रहेको देख्दा मन कुडिएको भन्दै विणाले नेतृत्वमा पुग्ने बित्तिक्कै पहिलो काम महिला सशक्तिकरणका लागि नै हुने बताइन् ।

