वीरगन्ज,२४चैत:वीरगन्जमा मंगलबार युवाहरुकाे भेलाले जेनजी पर्सा नामक संगठन गरेकाे छ।वीरगन्ज-१०आदर्शनगरमा सम्पन्न युवाहरुकाे भेलाले‘जेन जी पर्सा गठन गरेकाे हाे।
उक्त संगठनकाे संयाेजकमा रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मी चयन भएका छन्।कुर्मीकाे संयाेजकत्वामा जेनजी पर्साकाे ११ सदस्यीय समिति गठन गरिएको हाे। नवगठित समितिले युवाहरूको सशक्तिकरण र सामाजिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्य लिएको कुर्मीले बताए ।
मंगलबारकाे भेलामा जेनजी आन्दोलनका सहिद असाहब आलमका भाइ मुराद आलम र घाइते रियाजुल हक मियाँलाई सम्मानित पनि गरिएको थियो।
भेलामा वीरेन्द्र कण्ठ,जावेद एकबाल हैदर,विशाल पटेल, ज्ञानेन्द्र मण्डल, प्रतीक पटेल, शेख मुम्ताज, सुशील पटेल, रणदीप श्रीवास्तव, शेख जम्सेद, विजय पटेल लगायतकाको सहभागिता रहेको थियो।

