वीरगन्ज,२४ भदौं :वीरगन्जको एक होटलमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ लिंकरोडमा अवस्थित होटल अमन प्यालेशमा छापा मारेको थियो । त्यसक्रममा उक्त होटलको कोठा नम्बर २०५ मा बुक गरि बसेका भारतको बिहार राज्यको रक्सौल–१३ निवासी अन्दाजी ३५ वर्षीय विशाल कुशवाहा लागूऔषध ब्राउन सुगर १३२ ग्राम ३२ मिलिग्रामसहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीको टोलीले ब्राउन सुगरसहित पक्राउ परेका कुशवाहासगैं बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रंगको मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रुपैयाँ र भारतीय नगद ४ हजार २०० रुपैयाँ समेत बरामद गरेको छ।
ब्राउन सुगरसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

