Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका बेराेजगार युवालाई मासिक २ हजार भत्ता दिने मुख्यमन्त्री यादवको घाेषणा

जनकपुरधाम,१०मंसिर: मधेस प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । साथै बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी पनि छ ।

यसरी किसानहरुलाई राहत दिँदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् । उनले भने, ‘किसानहरूलाई राहत स्वरूप १५०० रुपैयाँ प्रतिकठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा छ । कृषि मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार यसरी वितरण गर्दा ३६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’

यसै वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरु गत असोजको अविरल वर्षाबाट डुबान पीडित भएका थिए । मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लाहरुलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।

मुख्यमन्त्री यादवले मधेस प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने जानकारी पनि दिए । बेराजगार भत्ता वितरणको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

‘प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले (जीवन निर्वाह) बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।

उनका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेस प्रदेशमा रहेको तथ्यांक छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जको घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु

MadhesKhabar

टि-२० सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

बारामा गाजा खेती फडानी गर्ने अभियान फेरि शुरु

MadhesKhabar

Leave a Comment