Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका बेराेजगार युवालाई मासिक २ हजार भत्ता दिने मुख्यमन्त्री यादवको घाेषणा

जनकपुरधाम,१०मंसिर: मधेस प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । साथै बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तयारी पनि छ ।

यसरी किसानहरुलाई राहत दिँदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् । उनले भने, ‘किसानहरूलाई राहत स्वरूप १५०० रुपैयाँ प्रतिकठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा छ । कृषि मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार यसरी वितरण गर्दा ३६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’

यसै वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरु गत असोजको अविरल वर्षाबाट डुबान पीडित भएका थिए । मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लाहरुलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।

मुख्यमन्त्री यादवले मधेस प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने जानकारी पनि दिए । बेराजगार भत्ता वितरणको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

‘प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले (जीवन निर्वाह) बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।

उनका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेस प्रदेशमा रहेको तथ्यांक छ ।साभार:अनलाइनखबर

Related posts

बारा-पर्सामा नेपाली नक्कली नाेटकाे काराेबार गर्ने गिराेह पक्राउ

MadhesKhabar

विश्व कल्यण हेतु वीरगन्जमा श्री विष्णु महायज्ञ सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

सैनिक कर्मचारीलाई प्रधानसेनापतिको निर्देशन, निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउनू

MadhesKhabar

Leave a Comment