Madhes Khabar
स्थानिय हेडलाइन

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखा प्रमुखहरु ठेकेदारसंग भारत भ्रमणमा

बारा,२१साउन: बाराको परवानीपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुखहरु एकैपटक बिदा लिएर भारत भ्रमणमा निस्किएका छन्।

गत सोमबारदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, शाखाका प्रमुख रुपेश मण्डल र वडा नम्बर ५ बहुवरी स्वास्थ्य चौकीका प्रमुख हरिओम प्रसाद लगायतका कर्एमचारी एकैपटक भारत भ्रमणमा निस्किएका हुन्।

उनीहरू पालिकामा लामो समयदेखि निर्माण व्यवसायको काम गर्दै आएका ठेकेदार तुना साहसँग भारत भ्रमणमा निस्किएको कार्यालयका एक कर्मचारीले बताए। निर्माण व्यवसायी ठेकेदार साह प्रमुख प्रशासकीय अधिकृत रौनियारका निकट व्यक्ति हुन्।

 

पालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतलाई भारत भ्रमण सकिएर नआएसम्म प्रमुख प्रशासकीय अधिकृतले मौखिम रूपमा रेखदेखको जिम्मेवारी दिएको जिन्सी शाखाका अजय कुशवाहले जानकारी दिए।

उनले भारत भ्रमणमा गएको जानकारी आफूले पनि पाएको, तर कति दिनको बिदा लिएको विषयमा जानकारी नरहेको बताए। भारतको जम्मुमा रहेको वैष्णोदेवी दर्शन गरेर फर्किने योजना रहेको स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतले जानकारी दिए।

कर्मचारी स्रोतका अनुसार आर्थिक वर्ष ०७९/८० सकिएर कामको चाप कम भएपछि निर्माण व्यवसायी ठेकेदार साहले कर्मचारीहरूलाई भ्रमणमा लगेका हुन्।

शाखागत प्रमुखह,ु बिदामा बस्दा सेवा प्रभावित

पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखागत प्रमुख बिदा लिएर भ्रमण निस्केपछि सेवा प्रभावित बनेको छ। पालिकाले अहिले चालू आर्थिक वर्ष आर्थिक वर्ष ०८०/८१ विभिन्न ठेक्काट्टाको बोलपत्र आह्वान गरेको छ।

तर, पालिकाका प्रमुख कर्मचारी नै बिदामा रहेपछि बोलपत्रको फारम भर्नेदेखि विभिन्न काम नै रोकिएको सेवाग्राही विन्देश्वर पटेलले बताए। पालिकाका कार्यपालिका सदस्य जगदीश रामले पनि प्रमुख कर्मचारीहरू नै लामो समयदेखि बिदामा बसेको आफूले पनि जानकारी पाएको बताए।

कर्मचारीहरू कहिलेदेखि कति दिनसम्मको बिदा लिएर भ्रमणमा निस्किएको विषयमा खासै जानकारी नरहेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत रौनियारसँग यस विषयमा जानकारी लिन खोज्दा फोन नै उठाएनन्।साभार:नयाँपत्रिका

Related posts

जेनजी युवाहरुले सिर्सिया नदीको फोहोर पानीको बोत्तल वीरगन्ज उद्योग वाणिज्य संघको गेटमा झुण्ड्याए

MadhesKhabar

वीरगन्जमा जाडाे अत्याधिक बढेपछि महानगरपालिकाले ठाउँ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलायाे

MadhesKhabar

चिसाे बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयमा दियाे ८ दिनकाे जाडाे विदा

MadhesKhabar

Leave a Comment